२४ जेठ २०८३, आइतबार

१९८२ पछि विश्वकपको पहिलो खेलमा हार्यो जर्मनी, मेक्सिकोले इतिहास रचेको खेलका १५ तस्बिर

१९८२ पछि विश्वकपको पहिलो खेलमा हार्यो जर्मनी, मेक्सिकोले इतिहास रचेको खेलका १५ तस्बिर

काठमाडौं, ३ असार– साविकको विश्व विजेता जर्मनी मेक्सिकोसँग पराजित भएको छ ।  आइतबार राती सम्पन्न खेलमा जर्मनी मेक्सिकोसँग १–० ले पराजित भएको हो ।  


मेक्सिकोका हार्भिन लोजानोले खेलको ३५ औं मिनेटमा जर्मनीविरुद्ध गोल गरेका हुन् । त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन नसकेपछि मेक्सिकोले हानेको ३५ औ मिनेटको गोल नै जितका लागि निर्णायक बन्यो । हुन त  आजको खेलमा जर्मनीले मेक्सिको पोस्टमा निरन्तर प्रहार गरेपनि गोलको दिशा लिन सकेको थिएन ।  मेक्सिकोले पनि थुप्रै राम्रो अवसरहरु गुमाएको थियो ।

यसअघि विश्वकपमा जर्मनी र मेक्सिको तीनपटक भिडेका थिए भने  तीनै खेलमा जर्मनी विजयी भएको थियो । आजको खेलमा भने त्यसको ठीक विपरित जर्मनीलाई हराउँदै मेक्सिकोले इतिहास रच्यो । 

 स्मरण रहोस् जर्मनीले विश्वकपमा पहिलो खेल हारेको सन् १९८२ पछि यो नै  पहिलो पटक हो ।

salt training

कमेन्ट गर्नुहोस्