३१ जेठ २०८३, आइतबार

पौडेल र सिटौलालाई  आफ्नै गुटका नेताबाट आयो यस्तो दबाब

असार ४, २०७५
पौडेल र सिटौलालाई  आफ्नै गुटका नेताबाट आयो यस्तो दबाब

काठमाडौं, ४ असार –संस्थापनइतरका कांग्रेस जिल्ला सभापतिहरूले आफ्नै खेमाका नेतालाई एकताबद्ध भएर अघि बढ्न दबाब दिएका छन् । राजधानीको वनस्थलीमा आइतबार भएको कांग्रेस संस्थापनइतर रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहको भेलामा उपलब्ध जिल्ला सभापतिहरूले पार्टीले बेहोरिरहेको वर्तमान संकटको अवस्थामा एकताबद्ध रूपमा अघि बढ्न आफ्नै खेमाका नेतालाई दबाब दिएका हुन् । राजधानी दैनिकमा खबर छापिएको छ । 

उनीहरूले निर्वाचनपछि पार्टी झनै कमजोर भएको र प्रतिपक्षमा रहँदाको भूमिकासमेत खस्किएको भन्दै जिम्मेवार बन्न आफ्नै नेतृत्वलाई सुझाए ।
कांग्रेस नेता दीपक गिरीले पार्टीले भोगिरहेको वर्तमान अवस्थाको सामना एक भएर नै गर्नुपर्ने भएकाले जिल्ला सभापतिको भेलाले पार्टीभित्रको आन्तरिक एकताका पक्षमा सन्देश दिन नेतृत्वलाई सुझाएको बताए ।
‘पार्टी कमजोर बनेको अवस्थामा एकताको सन्देश दिएर अघि बढ्नुपर्छ भन्ने सभापतिहरूको राय हो । बैठकमा त्यहीअनुसार अघि बढ्न धेरैको सुझाव आएको छ,’ नेता गिरीले भने । उनले बैठकमा सभापतिहरूले निर्वाचनका बेला केन्द्रले जिल्ला सभापतिहरूको अधिकार खोसेकोप्रति गुनासो पोखेको बताए ।बैठकमा सहभागी नेतृ सरिता प्रसाईंले हेटौंडामा हुने सभापतिहरूको भेलामा कसरी प्रस्तुत हुने भन्ने विषयमा उपलब्ध जिल्ला सभापतिहरूको राय लिएको बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्