
विराटनगर, ४ असार–भोजपुर र झापामा प्राकृतिक प्रकोपका कारण २ जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका १० दोमुखामा माईखोलाले बगाएर ४८ वर्षीय दावा शेर्पाको मृत्यु भएको हो ।
खोलाले बगाएर ल्याएको दाउरा काट्न जानेक्रममा बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै भोजपुरको षडानन्द नगरपालिका ३ मा माथिबाट खसेको ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ ।
स्थानीय गाउँलेहरु मिलेर सिक्तेलटार–कुनालुङ जोड्ने गोरेटो बाटो खन्ने क्रममा माथिबाट ढुंगा झरेर लाग्दा ६५ वर्षका श्रीप्रसाद राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ ।