२६ असार २०८३, शुक्रबार

जनयुद्ध दिवसको अबसरमा काठमाडौंमा विप्लव माओवादीको सभा

कात्तिक २०, २०७४
जनयुद्ध दिवसको अबसरमा काठमाडौंमा विप्लव माओवादीको सभा
काठमाडौं १ फागुन-नेकपा माओवादीले विसं २०५२ साल फागुन १ मा जनयुद्ध शुरु गरेको दिनको स्मरणमा नेकपा माओवादी सम्बद्ध घटकले आइतवार जनयुद्ध दिवस मनाउदैछन् ।

काठमाडौंको खुल्ला मञ्चमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले सभाको आयोजना गरेको छ । विप्लव माओवादीले पार्टीको आठौं महाधिवेशन उद्घाटनको अबसरमा खुल्लामञ्चमा सभाको आयोजना गरेको हो ।

सभालाई माओवादीका महासचिव विप्लव लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । सभामा हजारौ माओवादी कार्यकर्ताको सहभागिता छ । सभा अघि माओवादीले काठमाडौंका विभिन्न भागवाट जुलुस निकालेका थिए ।

नेकपा माओवादी केन्द्रले भने पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा कार्यक्रम आयोजना गरेको छ । मोहन बैद्य नेतृत्वको माओवादीले पनि छुट्टै कार्यक्रम आयोजना गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्