
काठमाडौं, ४ असार – जापानको ओसाका शहरमा सोमवार गएको भूकम्पपछि तीनजनाको मृत्यु भएको छ भने २०० जना घाइते भएका छन् ।
सोमवार बिहान अफिस जाने बेलामा भूकम्प गएको थियो ।
नौ वर्षीया बालिका रिना मियाके, ८० वर्षीय वृद्ध मिनोरु यासुइ र ८५ वर्षीय मोतोचिका गोतोको मृत्यु भएको हो ।
भूकम्प ६.१ म्याग्निच्युडको थियो ।
भूकम्पले सुनामी चाहिँ ल्याएन तर एक लाख ७० हजार घरमा बिजुली गयो ।
भूकम्प कम म्याग्निच्युडको भएपनि जम्मा १३ किमिको गहिराइबाट आएकाले बेस्सरी हल्लाएको थियो । जापानको भूकम्पमापन पद्धतिमा यो तल्लो ६ मा परेको थियो । तल्लो ६ स्तरको भूकम्प जाँदा जमीन हल्लिएर मानिसलाई उभिनै
मुश्किल पर्छ अनि घरका सामानहरू लड्न थाल्छन् ।
मृत्यु भएका तीनैजना घरमा पर्खाल वा किताबको –याकले किचिएका थिए ।
एजेन्सी