२३ जेठ २०८३, शनिबार

एसियाली विद्यार्थीहरूमाथि भेदभाव गरिएको भन्दै हार्वर्ड विश्वविद्यालयविरुद्ध मुद्दा

एसियाली विद्यार्थीहरूमाथि भेदभाव गरिएको भन्दै हार्वर्ड विश्वविद्यालयविरुद्ध मुद्दा

काठमाडौं, ४ असार – अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयमा एसियाली मूलका विद्यार्थीहरूमाति जातीय विभेद हुने गरेको आरोप लगाइएको छ । यस विषयमा विश्वविद्यालयविरुद्ध मुद्दा पनि दायर गरिएको छ । 

एसियाली मूलका अमेरिकी विद्यार्थीहरूलाई सकारात्मक व्यक्तित्व लगायतका मापदण्डमा अन्य उम्मेदवारको तुलनामा कम नम्बर दिइएको आरोप छ ।

द न्युयोर्क टाइम्सको एक रिपोर्टअनुसार, स्टुडेन्ट्स फर फेयर एड्मिसन्स संगठनले एसियाली निवेदकहरूमाथि विभेद भएको भन्दै ३८८ वर्ष पुरानो विश्वविद्यालयमाथि मुद्दा दायर गरिएको हो । सन् २००० देखि २०१५ सम्म एक लाख ६०
हजार निवेदकहरूको नामांकनको आँकडाको विश्लेषण गरिएको थियो ।  त्यो हेर्दा एसियाली मूलका निवेदकलाई रुचि, साहस, उदारता र सामाजिक प्रतिष्ठा लगायत व्यक्तिसम्बन्धित मापदण्डमा कम अंक दिइयो । 

विद्यार्थी संगठनले बताएअनुसार, एसियाली मूलका निवेदकहरूले अन्य निवेदकको तुलनामा जाँच, ग्रेड, अतिरिक्त गतिविधि जस्ता मापदण्डमा राम्रो प्रदर्शन गरेका छन् तर व्यक्तित्वमा आधारित मापदण्डमा कम अंक दिएर हार्वर्डले उनीहरूलाई भर्नामा अप्ठ्यारो स्थिति ल्यायो । 

अदालतसमक्ष बुझाइएको दस्तावेजमा के भनिएको छ भने हार्वर्डले सन् २०१३ को भर्ना प्रक्रियाका सम्बन्धमा आन्तरिक जाँच गरेको थियो जसमा एसियाली मूलका विद्यार्थीहरूमाथि भेदभावको तथ्य सार्वजनिक भएको थियो । तर यो रिपोर्टलाई कहिले पनि सार्वजनिक गरिएन ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्