
कट्रिना की बहिनीलाई सलमान खानले भारतीय फिल्म उद्योगमा ल्याउने चर्चा केही समयदेखि भारतीय फिल्म बचारमा चलिरहेको थियो ।
तर, अव सलमानले कट्रिनाकी बहिनी इजाबेलाई फिल्म उद्योगमा नल्याउने भएका छन् । इजाबेला अब आफ्नी दिदी कट्रिनाले प्रोड्युस गर्ने फिल्मका माध्यमबाट भारतीय फिल्ममा प्रवेश गर्न लागेका हुन् ।
क्यैफ स्वयम् प्रोड्युसर भएर आफ्नो बहिनी इजाबेललाई भारतीय फिल्म उद्योगमा ल्याउने भएकी छिन् ।
कटरिना यसका लागि प्रोडक्सन हाउस पनि शुरु गरेकी छिन् । पहिला सलमान खान कटरीनाको बहिनीलाई भारतीइ फिल्म उद्योगमा ल्याउन लागेको चर्चा थियो । कटरीना तथा सलमान फिल्मका लागि लिएर धेरै चर्चा गरिने गरिएको छ ।
कटरीनाले फिल्ममा खेल्नुका साथै प्रोड्युसरमा समेत रुची देखाएकी छिन् । तर कटरीना कहिलेबाट प्रोड्युसर बन्नेछिनन् भन्ने खुलिसकेको छैन ।
यसभन्दा पहिला इजाबेला करीना सँग केही बलिउड पार्टीमा देखिएकी थिइन् । यसपछि उनी फिल्म उद्योगमा आउन चाहेको समाचारहरु सार्वजनिक भएका थिए ।