२४ जेठ २०८३, आइतबार

उर्जामन्त्रीले बनाए विपद्मा २४ घण्टै खटिने समिति, क्षति न्यूनिकरण प्रमुख जिम्मेवारी

उर्जामन्त्रीले बनाए विपद्मा २४ घण्टै खटिने समिति, क्षति न्यूनिकरण प्रमुख जिम्मेवारी

काठमाडौं, ४ असार – उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ले प्राकृतिक प्रकोप तथा विपद्का बेला २४ घण्टै खटिने गरी मन्त्रालय स्तरीय विपद् व्यवस्थापन समन्वय समिति गठन गरेका छन् ।

विपद्का बेला जनधनको क्षति न्यूनिकरण र पूर्वाधारको आपतकालीन संरक्षण गर्ने उद्देश्यले मन्त्रालय स्तरीय समिति गठन गरिएको हो । मन्त्रालयका जलस्रोत हेर्ने सहसचिवको नेतृत्वमा हुने समितिमा सबै विभागका प्रमुखहरू सदस्य रहने निर्णय गरिएको मन्त्रीका प्रेस संयोजक रोशन खड्काले बताए । उनका अनुसार समितिले आपतकालीन सूचना संकलन, प्रत्यक्ष निगरानी र आवश्यक निर्देशन तथा व्यवस्थापनको काम गर्नेछ ।

समितिले विपद् व्यवस्थापनसँग सम्बन्धित केन्द्रीय निकायसँग समन्वय र सूचना आदानप्रदान गर्ने, जोखिमको पूर्वतयारी र प्रचारप्रसारका लागि सञ्चारमाध्यमसँग समन्वय गर्ने, प्रदेश, स्थानीय तह र जिल्ला स्तरमा सतर्कता अपनाउन समन्वय गर्ने, संवेदनशील स्थानको पहिचान गरी क्षति रोक्न निर्देशन दिने, बाढीबाट हुने असर कम गर्न स्रोतसाधनसहित तयारी रहन सम्बन्धित निकायका समन्वय गर्ने जनाइएको छ ।

‘बित्तीय स्रोत उपलब्ध गराउन अर्थ मन्त्रालयमा अनुरोधसहित सिफारिस गर्ने निर्णय गरिएको छ,’ प्रेस संयोजक खड्काले भने, ‘मन्त्रालय स्तरीय विपद् व्यवस्थापन समन्वय समितिको विस्तृत काम, कर्तव्य र अधिकार तथा कार्यसञ्चालन निर्देशिका सचिव स्तरीय निर्णयबाट लागू गरिने निर्णय भएको छ ।’ विपद्को बेला मन्त्रालय मातहतका संरचना र सर्वसाधारणको जनधनमा हुन सक्ने क्षतिलाई न्यूनिकरण गर्न भन्दै मनसुन शुरू हुनुअघि नै मन्त्री पुनले सक्रियता देखाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्