
काठमाडौं, ५ असार– रुसमा जारी विश्वकप फुटबलमा इङ्ल्यान्डले विजयी शुरुवात गरेको छ । गएराति भोल्गोग्राद एरिनामा भएको समूह ‘जी’को खेलमा इङ्ल्यान्डले ट्युनिसियामाथि २–१ को जित निकालेको हो ।
११ औं मिनेटमा ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिए । तर ३५ औं मिनेटमा ट्युनिसयाले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै फेर्जानी सासीले गोल गरेपछि खेल १–१ को बराबरीसम्म पुग्यो ।
ईन्जुरी समयमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ल्यान्डको जित पक्का गरे । सन् २००६ को विश्वकप फुटबलपछि इङ्यान्डले कुनै पनि मुख्य प्रतियोगिताको पहिलो खेलमा जित हात पारेको यो पहिलो अवसर हो ।