![डा. उपेन्द्र देवकोटालाई श्रद्धाञ्जली दिँदै गर्दा भक्कानिए नेता, सहकर्मीदेखि शुभचिन्तक [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Dr_Upendra_Devkota_15_52MzGZV1SJ.jpg)
काठमाडौं, ५ असार -
सोमबार निधन भएका वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई श्रद्धाञ्जली दिन विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वदेखि सहकर्मी र शुभचिन्तकहरूको भीड लागेको छ ।
अन्तिम श्रद्धाञ्जलीका लागि डा. देवकोटाको पार्थिव शरीर न्यूरो अस्पताल परिसर बाँसबारीमा राखिएको छ । उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि प्रधान सेनापतिसम्मले देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
देवकोटालाई श्रद्धाञ्जली दिँदै गर्दा उनका सहपाठीसमेत रहेका पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई भावुक बनेका थिए ।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका देवकोटाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दिँउसो १ बजेसम्म अस्पताल परिसरमै राखिने छ ।
हेर्नुहोस्, डा. देवकोटालाई श्रद्धाञ्जली दिँदै गर्दाका केही तस्वीर :















