१० साउन २०८३, आइतबार

'तिमी अमर भएका छौ' भन्दै बाबुरामले उपेन्द्र देवकोटाका लागि लेखे भावुक ट्वीट

'तिमी अमर भएका छौ' भन्दै बाबुरामले उपेन्द्र देवकोटाका लागि लेखे भावुक ट्वीट

काठमाडौं, ५ असार -पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले भावुक ट्वीट लेख्दै सहपाठी डाक्टर उपेन्द्र देवकोटालाई अन्तिम विदाइ गरेका छन् ।

गोरखामा माध्यमिक शिक्षा सँगै लिएका देवकोटालाई न्युरो अस्पताल पुगेर श्रद्धाञ्जली व्यक्त गर्दै गर्दाको तस्वीर राख्दै बाबुरामले ट्वीटमा लेखेका छन् -

'अन्तिम विदाइ उपेन्द्र ! १० देखि १८ वर्षसम्मको किशोरावस्थाका सहपाठीका विवेक र आवेगले भरिपूर्ण स्मृतिहरू र तिम्रा पछिल्ला जीवनका सुयशहरू हामीबीच छाडेर आजदेखि तिम्रो भौतिक देह ब्रम्हाण्डको अनन्त शक्तिपुञ्जमा रूपान्तरित हुँदैछ ! तिमी अमर भएका छौ । हामी तिम्रा समकालीनहरू धन्य भएका छौं !'

वरिष्ठ न्यूरो सर्जन देवकोटाको पित्त नलीको क्यान्सरका कारण सोमबार साँझ निधन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्