२८ जेठ २०८३, बिहीबार

रुसमा ह्याट्रिक हान्दा पोर्चुगलमा रोनाल्डोको शालिक फेरियो

रुसमा ह्याट्रिक हान्दा पोर्चुगलमा रोनाल्डोको शालिक फेरियो

काठमाडौं, ५ असार - रुस विश्वकपमा स्पेनविरुद्ध ह्याट्रिक प्रहार गरेका पोर्चुगिच फूटबल टीमका क्याप्टेन क्रिस्टियानो रोनाल्डोको शालिक परिवर्तन गरिएको छ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार पोर्चुगलको मदीरा विमानस्थलमा राखिएको रोनाल्डोको पुरानो शालिकलाई नयाँले प्रतिस्थापन गरिएको हो ।

उनका दाइ ह्युगो एभिरोले भनेका छन् - 'नयाँ शालिक पुरानोभन्दा निकै राम्रो छ । सबैलाई यस्तै लागेको छ ।'

उनले अघि भने - 'स्पेनका एक मूर्तिकारले यो नयाँ शालिक उपलब्ध गराए । यो यति राम्रो छ कि हामीले विमानस्थलमा यसले पुरानो शालिकलाई प्रतिस्थापन गर्ने निर्णय गर्‍यौं ।'

रोनाल्डोको जन्म मदीरामा नै भएको थियो ।

पुरानो शालिक १६ महिनाअघि सो विमानस्थलमा राखिएको थियो । स्थानीय कलाकार इम्यानुएल सान्तोसले बनाएको सो शालिकको मुस्कुराहटलाई लिएर निकै मजाक उडाइएको थियो ।

५ पटकका बालोन डिओर विजेता रोनाल्डोले रुसमा जारी विश्वकमा शानदार शुरुवात गरेका छन् । उनले आफ्नो पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक प्रहार गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्