
काठमाडौं १ फागुन – नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको महाधिवेशन बहिस्कार गरेको छ ।
काठमाडौंको खुल्लामञ्चमा भएको आठौं महाधिवेशनको उदघाटन शत्रमा मोहन बैद्य नेतृत्वको माओवादीका नेता हरिभत्त कडेल प्रतिक उपस्थित भएपनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीको प्रतिनिधि उपस्थित भएनन् ।
प्रचण्ड नेतृत्वको माओवादीलाई पनि आमन्त्रण गरिएको विप्लव माओवादीका एक नेताले बताए । बैद्य माओवादीका नेताले जनताको पक्षमा सहकार्य गर्न सकिने बताएका थिए ।