
काठमाडौं, ५ असार– विश्वकप २०१८ को प्रभावशाली टीमको रुपमा हेरिएको कोलम्बियाविरुद्ध जापानले दोस्रो गोल प्रहार गरेको छ ।
खेलको ७३ औं मिनेटमा जापानले कोलम्बियाविरुद्ध दोस्रो गोल प्रहार गरेको हो ।
केइसुके होन्डाले गरेको कर्नर प्रहारलाई युइया ओसाकोले गोलमा परिणत गर्दै जापानलाई २–१ को अग्रता दिलाएका हुन् ।
यसअघि कोलम्बियन खेलाडी कार्लोस साञ्चेजले डी बक्स एरियामा हातले बल छेकेपछि प्राप्त पेनाल्टीमा गोल गर्दै जापानले अग्रता लिएको छ ।
जापानका लागि सिन्जी कागावाले गोल गरेका हुन् ।
खेलको तेस्रो मिनेटमा नै साञ्चेजले रातो कार्डसमेत पाएपछि १० खेलाडीमा सीमित भएको कोलम्बियाका लागि हुवान क्विन्टेरोले ३९औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।