३२ असार २०८३, बिहीबार

जापानसामू कोलम्बिया १–२ गोलले स्तब्ध

असार ५, २०७५
जापानसामू कोलम्बिया १–२ गोलले स्तब्ध

काठमाडौं, ५ असार– विश्वकप २०१८ को प्रभावशाली टीमको रुपमा हेरिएको कोलम्बियामाथि एसियाली राष्ट्र जापानले १ का विरुद्ध २ गोलको जीत हात पारेको छ । 

दुवै टोली पहिलो हाफसम्म १–१ गोलको बराबरीमा रहे पनि खेलको ७३ औं मिनेटमा जापानले प्रहार गरेको दोस्रो गोल जीतका लागि निर्णायक बन्यो । 

केइसुके होन्डाले गरेको कर्नर प्रहारलाई युइया ओसाकोले जापानका लागि निर्णायक गोलमा परिणत गरे । 

यसअघि कोलम्बियन खेलाडी कार्लोस साञ्चेजले डी बक्स एरियामा हातले बल छेकेपछि प्राप्त पेनाल्टीमा गोल गर्दै जापानले खेलेको ३ मिनेटमै अग्रता लिएको थियो । जापानका लागि पहिलो गोल सिन्जी कागावाले गोल गरेका थिए ।

खेलको तेस्रो मिनेटमा नै साञ्चेजले रातो कार्डसमेत पाएपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो । 

कोलम्बियाका लागि हुवान क्विन्टेरोले ३९औं मिनेटमा फ्रि किकमार्फत गोल गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्