०६ असार २०८३, शनिबार

प्रधानमन्त्री ओलीको चीन भ्रमण : भेटवार्ता र समझदारी के–के हुँदैछ ?

प्रधानमन्त्री ओलीको चीन भ्रमण : भेटवार्ता र समझदारी के–के हुँदैछ ?

बेइजिङ (चीन) ५ असार – चीन भ्रमणका रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि चीनका राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन् ।

चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यसअघि प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा चीनमा बस्दै आएका नेपाली समुदाय तथा नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने छन् । बेइजिङमा रहँदा उनी हिल्टन होटलको देउताइ स्टेट गेस्ट हाउसमा रहने छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी ली खछ्याङसँग प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले चीनका वरिष्ठ नेतासँग भेटवार्ता गर्ने छन् । भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नाका साथै तिब्बतका प्रान्तीय नेतासँग भेटवार्ता गर्ने छन् ।

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सीले अघि सारेको ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने जानकारी दिए । उनले भने, ‘नेपालको आर्थिक सामाजिक विकास र समृद्धि प्राप्त गर्ने सरकारको लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर प्रधानमन्त्रीको भ्रमणको तयारी गरिएको छ ।’

द्विपक्षीय सहयोगलाई अझ घनीभूत तथा फराकिलो बनाएर लैजाने मुख्य उद्देश्यसहित भ्रमण हुन लागेको सचिव वैरागीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्