
काठमाडौं १ फागुन–नकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान सत्ताले नेपाली सेनाको अपमान गरेको दावी गरेका छन् ।
विप्लवले भने,‘दलालको सत्तामुनी बसेर देशको हित हुनेवाला छैन् भनेर नेपाली सेनाका अधिकृतले बुझ्नु पर्छ ।’
माओवादीको आठौं महाधिवेशनको उद्घाटन सम्बोधनका क्रममा महासचिव चन्दले सरकारले संयुक्त राष्ट्र संघीय मिसनमा भारतीय सेना मातहत पठाउने निर्णय गरेर सेनाको अपमान गरेको बताएका हुन् ।
’नेपाली सेनाको वेइज्यत भएको कुरा स्वीकार्न सक्छौ ? दलालहरुको सत्ताले अन्तराष्ट्रि विमानस्थल विदेशीलाई सुम्पेको स्वीकार्न सक्छौ ?’ उनले प्रश्न गरे ।