१८ असार २०८३, बिहीबार

प्रचण्डको सम्पत्ति तीन तोला होइन तीन तला !

कात्तिक २०, २०७४
प्रचण्डको सम्पत्ति तीन तोला होइन तीन तला !
काठमाडौं १ फागुन – नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी केन्द्रका नेताहरुले पैसा र सम्पत्ति लुकाएको दाबी गरेका छन् ।

सरकारमा सहभागि मन्त्रीले सम्पत्ति देखाउन हिचकिचाएको भन्दै महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले झुटो विवरण पेश गरेको जनाए । उनले प्रचण्डले सार्वजनिक गरेको तीन तोला सुन नभई तीन तला भएको बताए । उनले भने ‘तीन तोला होइन, तीन तला होला । कमाएको सम्पत्ति पनि लुकाउने ? कमाएकोले भन्न पनि नसक्ने ?’

उनले देशको सम्पूर्ण क्षेत्र अस्तव्यस्त भएको बताए । स्वास्थ्य उपचार गर्न नसकेर मानिस अस्पतालको छलबात हाम फालेर आत्महत्या गर्दा स्वास्थ्य मन्त्री कुनै डनको पैसा जोगाउन लागि परेको उनले आरोप लगाए ।

विप्लवले सरकारले भूकम्पपीडितको समस्यामा खेलवाड गरेको भन्दै त्रिपाल र जस्तापाता बेच्ने प्रजातन्त्रवादीहरुलाई भौतिक कारबाही गर्नुपर्ने बताए । उनले भने, ‘ भूकम्पको बेलामा जस्तापाता हिनामिना भएको विषयलाई उल्लेख गर्दै भ्रष्ट प्रजातन्त्रवादीहरूलाई ४० फिट गहिरो खाडलमा पुनुपर्छ । ’

salt training

कमेन्ट गर्नुहोस्