काठमाडौं १ फागुन – पहाडका ब्राम्हण, क्षेत्री समुदायमाथि ‘शोषक’ भन्दै चौतर्फी आक्रमण भइरहेको समयमा नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले उनीहरु शासक नभइ जनता भएको स्पष्टीकरण दिएका छन् ।
पार्टीको आठौं महाधिवेशन उद्घाटन समारोहलाई आइतवार काठमाडौंको खुल्लामञ्चमा सम्बोधनगर्दै महासचिव विप्लवले ब्रह्मण क्षेत्रीलाई शासकको आरोप लगाउनु गलत हुने बताएका हुन् ।
‘क्षेत्री बाहुन, जनजाती र दलितलाई फुटाएर विदेशीहरु दलाल सत्ता टिकाउन चाहान्छन्’ चन्दले भने ‘राणा साशन बिरुद्ध बिद्रोह गर्ने ब्राम्हण क्षेत्री नै हुन ।’ विप्लवले पहाडी समुदायको सहानुभूती बटुल्ने कोषिश गरे ।
कार्यक्रममा माओवादी जनसरकार प्रमुख सन्तोष बुढामगरले विदेशी दलालहरुले नेपाललाई जात जाती, र क्षेत्रमा विभाजित गरेर पैसामा किन्ने र दमन गरेको आरोप लगाए ।