३० जेठ २०८३, शनिबार

क्यानाडामा गाँजाको प्रयोग अब वैध

क्यानाडामा गाँजाको प्रयोग अब वैध

काठमाडौं, ६ असार – क्यानाडाको संसद्ले देशभरि रमाइलाका लागि गाँजाको प्रयोगलाई वैध बनाएको छ । 

गाँजा ऐन मंगलवार सिनेटमा ५२–२९ मतले पारित भएको थियो । यो विधेयकले गाँजा कसरी हुर्काउने, वितरण गर्ने र बेच्ने भनी नियन्त्रण र नियमन गर्छ । 

यही सेप्टेम्बर महिनादेखि क्यानाडेलीहरूले गाँजा किन्न र उपभोग गर्न पाउनेछन् । 

गाँजालाई वैध ठह–याउने उरुग्वेपछि क्यानाडा दोस्रो मुलुक भएको छ । अमेरिकाका केही राज्यले पनि गाँजालाई वैध बनाएका छन् । 

गाँजा बोक्नुलाई सन् १९२३ मा क्यानाडामा अपराध घोषणा गरेको थियो तर यसको मेडिकल प्रयोग सन् २००१ देखि वैध गरिएको थियो । 

यो विधेयकलाई यही हप्ता शाही समर्थन प्राप्त हुने सम्भावना छ । त्यसपछि सरकारले कानून लागू हुने एक आधिकारिक मिति तोक्नेछ । 

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्