३१ जेठ २०८३, आइतबार

कार्यालयमा हुने यौन हिंसामाथि अस्ट्रेलियाले अनुसन्धान गर्ने

कार्यालयमा हुने यौन हिंसामाथि अस्ट्रेलियाले अनुसन्धान गर्ने

काठमाडौं, ६ असार – अस्ट्रेलिया सरकारले कार्यालयमा हुने यौन हिंसामाथि राष्ट्रिय अनुसन्धान गर्ने बताएको छ ।

यौन दुराचारविरुद्ध संसारभरि चलेको ह्याशट्याग मीटू आन्दोलनको एक हिस्साका रूपमा यो अनुसन्धान शुरू गरिएको यौन विभेद आयुक्त केट जेन्किन्सले बताइन् ।

यो अनुसन्धान १२ महिना चल्नेछ र अत्यन्तै व्यापक तथा गहिरो हुनेछ । 

यसले व्यापक मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य लिएको छ जसमा नयाँ फौजदारी कानून ल्याउन सम्भावना पनि छ । 

‘मीटू कारण थुप्रै पुरुष तथा महिलाले यौन हिंसाका बारेमा कुराकानी गर्न थालेका छन् र यसले कार्यालयहरूलाई थप राम्रो वातावरण दिलाउन मद्दत गर्नेछ,’ जेन्किन्सले बताए । 

अस्ट्रेलियाको मानवअधिकार आयोगले यौन हिंसालाई ‘अस्ट्रेलियाली कार्यालयको निरन्तर तथा व्यापक समस्या’ का रूपमा व्याख्या गरेको छ ।

पन्ध्र वर्षभन्दा माथिका २० प्रतिशत अस्ट्रेलियालीहरूले कार्यालयमा यौन हिंसा खेप्नुपरेको छ ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्