२३ असार २०८३, मंगलबार

राजेन्द्र महतोकाे आरोपः संविधानलाई असफल पार्ने षड्यन्त्रमा एमाले

कात्तिक २०, २०७४
राजेन्द्र  महतोकाे आरोपः  संविधानलाई असफल पार्ने षड्यन्त्रमा एमाले
पर्सा, १ फागुन-नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधानलाई असफल गरी प्राप्त गरेका सबै उपलब्धिलाई समाप्त पार्ने षड्यन्त्रमा एमाले लागेकोे आरोप लगाउनुभएको छ । 


प्रेस मञ्चले आज वीरगन्जमा अयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष महतोले संविधान संशोधनको विरोध गरी संविधान कार्यान्वयनमा बाधा सिर्जना गर्दै मुलुकलाई अन्योलतातर्फ धकेल्न एमालेका नेता लागिपरेका उहाँको भनाइ थियो ।

संसद्मा दर्ता रहेको संशोधन प्रस्ताव पारित नभएसम्म निर्वाचन नहुने र तोकिएको समयमा तीनवटै तहको निर्वाचन नभए संविधान असफल हुने महतोले बताउनुभयो । “परिमार्जनसहित संविधान संशोधन नभए मुलुकमा कुनै पनि निर्वाचन सम्भव छैन,” उहाँले भन्नुभयो ।

अध्यक्ष महतोले तीन दिनसम्म वीरगन्जमा बसेको सद्भावना पार्टीको विस्तारित बैठकले गरेका निर्णयलाई सार्वजनिक गर्नुभयो । पार्टीको मधेस आन्दोलनको मुद्दालाई संविधान संशोधनमार्फत सम्बोधन नगरेसम्म निर्वाचनमा सहभागी नहुने, निर्वाचन हुन नदिने तथा सद्भावना पार्टीको छैटौँ महाधिवेशन २०७४ साल जेठ १, २ र ३ गते वीरगन्जमा गर्ने, मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकामध्ये सहिद घोषणा गर्न बाँकीलाई सहिद घोषणाका लागि सरकारलाई दबाब दिनेलगायत निर्णय गरेको उहाँले जानकारी दिनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्