
काठमाडौं, ७ असार – सबा अर्बभन्दा बढी जनसंख्या भएको मुलुक भारतमा विश्व स्वास्थ्य संगठनको मापदण्डको हिसाबमा चिकित्सकहरूको उपलब्धता खासै छैन । यस मामिलामा भारत संसारका अनेकौं गरीब मुलुकभन्दा पनि पछाडि छ ।
सरकारले देशका १० करोड गरीब परिवारलाई पाँच लाख भारुको हेल्थ कभर दिन लागेको छ तर स्वास्थ्यमा प्रतिव्यक्ति खर्च बढाउनु जरूरी छ ।
मंंगलवार सेन्ट्रल ब्युरो अफ हेल्थ इन्टेलिजेन्सका तर्फबाट जारी गरिएको नेसनल हेल्थ प्रोफाइल २०१८ मा उल्लेख भएअनुसार, स्वास्थ्यमा खर्च गर्ने मामिलामा भारत आफ्ना छिमेकी मुलुकहरू नेपाल, श्रीलंका र भुटानभन्दा पनि पछाडि छ ।
भारतले आफ्नो कुल गार्हस्थ्य उत्पादनको एक प्रतिशत भाग स्वास्थ्यमा खर्च गर्ने गरेको छ । भुटानले २.५ प्रतिशत, श्रीलंकाले १.६ प्रतिशत र नेपालले १.१ प्रतिशत भाग स्वास्थ्यमा खर्च गर्ने गरेका छन् ।
एजेन्सी