
काठमाडौं, ८ असार– ट्राफिक प्रहरीले आज (बिहीवार) ट्राफिक प्रहरी सम्मेलन तथा सडक सम्भाव्यता अभिवृद्धि साथै दुर्घटना न्युनिकरण कार्यक्रम गरेको छ ।
ट्राफिक क्षेत्रमा देखिएका समस्यालाई जनचेतको मार्फत अभिवृद्धि गर्न ट्राफिक सम्मेलन गरिएको हो ।
काठमाडौं उपत्यकामा देखिएको सडकको समस्या न्युनिकरणका लागि अव ट्राफिक व्यवस्थापन ड्रोन मार्फत गरिने र यसले यातायात सन्चालनमा सहज हुने यातायात व्यवस्था विभागका प्रमुख प्रेमकुमार सिंहले बताए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आयोजना गरेको कार्यक्रममा काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत यादव प्रसाद कोइराला, सुरक्षा निकायका प्रमुख, यातयात व्यवस्था विभागका प्रमुख, यातायात व्यवसायीलगायतको सहभागिता थियो ।







