काठमाडौं, ८ असार – अनुष्का शर्मा र विराट कोहलीले इटालीमा बिहे गरेकोबाट प्रेरित हुँदै दीपिका पादुकोण र रणवीर सिंहले पनि त्यतै बिहे गर्ने गाइँगुइँ सुनिएको छ ।
हुन त यो खबर पुष्टि भइसकेको छैन तर यसै वर्ष उनीहरूको बिहे हुने र शायद इटालीमै हुने कुरा आइरहेको छ ।
रणवीर र दीपिकाको परिवारले एउटा वेडिङ प्लानर (विवाह आयोजक) लाई नियुक्त गरेर उत्कृष्ट वेडिङ डेस्टिनेसन पत्ता लगाउन भनेका छन् । अनि बिहे सम्भवतः नोभेम्बर महिनामा हुनेछ ।
यी दुवैजनासँग निकट रहेका एक सूत्रले बतायो, ‘बिहेका दुई समारोह हुनेछन् । पहिलो समारोह इटालीमा हुनेछ भने दोस्रो चाहिँ बेंगलुरुमा हुनेछ ।’ तर बिहेको मिति फिक्स भइनसकेको उनले बताए ।
यसैबीच बिहेको शपिङ शुरू भइसकेको छ । दीपिका र उनकी आमा अघिल्लो महिना बेंगलुरु र मुम्बईमा कपडा र गहना किनिरहेका भेटिए । त्यसो त रणवीर र दीपिका दुवै भव्य खालको भन्दा पनि ससानो समारोह गरेर बिहे गर्न चाहन्छन् । बिहेमा परिवार र नजिकैका मानिस मात्र आउने कुरा छ ।
एजेन्सी