१५ असार २०८३, सोमबार

भेरीमा डुबेर १ जनाको मृत्यु

असार ८, २०७५
भेरीमा डुबेर १ जनाको मृत्यु

सुर्खेत, ८ असार – सुर्खेतको सिम्ता गाउँपालिका–९ स्थित भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ ।

आज भेरी नदीमा पौडी खेल्दै गर्दा ४२ वर्षीय टोपबहादुर अधिकारीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी उमाकान्त चतुर्वेदीले जानकारी दिए । आज बिहान ९ बजे अधिकारी पौडी खेल्न नदीमा गएका थिए ।

पौडिने क्रममा डुबेका टोपबहादुरलाई स्थानीयले नदीबाट निकालेका थिए । त्यसपछि मेहलकुना अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । पोस्टमार्टम पश्चात् अधिकारीको शव परिवारलाई जिम्मा लगाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्