०५ साउन २०८३, मंगलबार

एसईई नतिजा प्रकाशनमा ‘प्राविधिक कठिनाइ’, ढिलाइ हुने संकेत

एसईई नतिजा प्रकाशनमा ‘प्राविधिक कठिनाइ’, ढिलाइ हुने संकेत

काठमाडौं, ९ असार – माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७४ को नतिजा प्रकाशनमा ‘प्राविधिक’ देखिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहेको अवस्थामा ‘प्राविधिक कठिनाइ’ देखिएको हो । नतिजा प्रकाशनका लागि अहिले राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको बताइएपनि प्राविधिक कठिनाइ र सफ्टवेयरमा समस्या देखिएकाले ढिलाइ भइरहेको बोर्ड स्रोतले जनाएको छ ।

आज अपरान्ह ४ बजे नतिजा प्रकाशन गर्ने भनिएपनि बोर्डले साँझ साढे ६ बजेसम्म पनि नतिजा प्रकाशन गर्न सकेको छैन । बोर्डका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको बताए ।

‘बैठक बस्न ढिला भएकाले केही ढिलाइ भएको छ, केहीबेरमै नतिजा प्रकाशन हुन्छ,’ उनले भने ।

केहीबेरपछि पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरिने जनाइएको छ । गत वर्ष चैत ८ गतेदेखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो । एसईईको नतिजा लोकान्तर डटकमबाट थाहा पाउन सकिने छ । नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्