१५ असार २०८३, सोमबार

विश्वकपमा जर्मनीको संघर्षपूर्ण जीत, इन्जुरी समयमा क्रुसले जिताए

विश्वकपमा जर्मनीको संघर्षपूर्ण जीत, इन्जुरी समयमा क्रुसले जिताए
Photo : Washington Post

काठमाडौं, १० असार –

साविकको विजेता जर्मनीले विश्वकप फूटबल प्रतियोगितामा आफ्नो पहिलो जीत दर्ता गरेको छ ।

गएराति भएको खेलमा स्विडेनविरुद्ध उसले २-१ गोल अन्तरको संघर्षपूर्ण जीत दर्ता गर्‍यो ।

खेलमा अग्रता भने स्विडेनले नै लिएको थियो । ३२औं मिनेटमा ओला तोइभोननेले शुरुवाती गोल गरे ।

दोस्रो हाफमा जर्मनी खेलमा फर्कियो । मार्को रेउसले ४८औं मिनेटमा बराबरी गोल फर्काए । 

८२औं मिनेटमा जोर्मो बोटेङ दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिए पनि इन्जुरी समयमा गोल गर्दै टोनी क्रुसले जर्मनीको जीत पक्का गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्