०३ साउन २०८३, आइतबार

दक्षिण कोरियालाई पराजित गर्दै मेक्सिको नकआउट चरणनजिक

दक्षिण कोरियालाई पराजित गर्दै मेक्सिको नकआउट चरणनजिक
Photo : abc.net.au

काठमाडौं, १० असार –दक्षिण कोरियालाई पराजित गर्दै मेक्सिको विश्वकप फूटबल प्रतियोगिताको नकआउट चरणको नजिक पुगेको छ ।

पहिलै खेलमा साविकको विजेता जर्मनीलाई स्तब्ध पारेको मेक्सिको दक्षिण कोरियाविरुद्ध २-१ ले विजयी भयो ।

मेक्सिकोका लागि कार्लोस भेला र ह्याभिएर हर्नान्डेजले गोल गरे । 

दक्षिण कोरियाका लागि  हिउङ मिन सोनले इन्जुरी समयमा सान्त्वना गोल फर्काए ।

जीतसँगै उसको २ खेलबाट ६ अंक पुगेको छ । समान खेल खेलेका जर्मनी र स्विडेनको ३-३ अंक छ । यी दुई टीमले पनि बाँकी १ खेल जित्दा समान अंक पुग्छ । 

थप जीत अथवा बराबरीले मेक्सिकोलाई राउण्ड अफ सिक्स्टिनमा पुर्‍याउने छ । जर्मनी र स्विडेनमध्ये एकले आफ्नो खेल जित्न नसकेमा पनि मेक्सिको अघिल्लो चरणमा जानेछ ।

salt training

कमेन्ट गर्नुहोस्