
काठमाडौं, १० असार -विश्व व्यापार संगठन (डब्लूटीओ)ले नेपाललाई भन्सार दर घटाउन दबाब दिएको छ ।
नेपालले डब्लूटीओसँग गरेको सम्झौताविपरीत केही वस्तुमा भन्सार दर बढाएको भन्दै सवारी साधन र विद्युतीय उपकरणमा भन्सार दर घटाउन दबाब दिएको हो ।
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले भन्सार दर बढाएकोमा यस्ता दरहरू डब्लूटीओको सम्झौताविपरीत भएको भन्दै यसमा पुनर्विचार गर्न डब्लूटीओले पत्राचार समेत गरेको छ ।
कारोबार दैनिकमा खबर छ ।