
काठमाडौं, २ फागुन - त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष डाक्टर सुधा त्रिपाठीको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।
कुपण्डोलस्थित बागमति पुलको छेउँमा रहेको युएन पार्क नजिकै उनको गाडीमा आगजनी गरिएको हो ।बा २ च ५६३० नम्बरको विश्व विद्यालयकै गाडीलाई गुडिरहेको अवस्थामा रोकेर आगजनी गरिएको हो ।
आगजनीबाट गाडी क्षतिग्रस्त भएको छ । मास्क लगाएका दुई युवाले रोकेर आफ्नो गाडीमा आगजनी गरेको उनले बताइन् । आगो लगाउनेहरु त्यहाँबाट भागेका छन् । प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।