०५ साउन २०८३, मंगलबार

पनामाको पोस्टमा इंग्ल्याण्डको आधादर्जन गोल

पनामाको पोस्टमा इंग्ल्याण्डको आधादर्जन गोल

काठमाडौं, ११ असार –

इंग्ल्याण्डले पनामाको पोस्टमा आधादर्जन गोल प्रहार गरेको छ ।

नेपाली समयअनुसार आइतबार साँझ भएको खेलमा इंग्ल्यण्ड ६-१ ले विजयी भएको हो । उसलाई भारी अन्तरको जीत दिलाउने क्रममा कप्तान ह्यारी केनले ह्याट्रिक प्रहार गरे ।

केनका अलावा जोन स्टोन्सले २ तथा जेसे लिंगार्डले १ गोल गरे ।

पनामाका लागि फिलिपे बालोयले सान्त्वना गोल फर्काए । विश्वकपमा यो पनामाको डेब्यु गोल हो । 

आफ्नो पहिलो खेलमा पनामा बेल्जियमसँग ३-० ले पराजित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्