१८ असार २०८३, बिहीबार

चिनियाँ रेलबारे प्रधानमन्त्री नै अस्पष्ट, रेलको कुरा गर्दा यसरी पन्छिए !

असार ११, २०७५
चिनियाँ रेलबारे प्रधानमन्त्री नै अस्पष्ट, रेलको कुरा गर्दा यसरी पन्छिए !

काठमाडौं, ११ असार – काठमाडौंसम्म चिनियाँ रेल ल्याउने प्रारम्भिक सहमति भए पनि यसमा लगानी कसले गर्ने र कहिलेसम्म निर्माण गरिसक्ने भन्नेमा झन् अन्योल देखिएको छ ।

चिनियाँ रेलको चुनावी नाराले लोकप्रिय बनेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पहिलो चीन भ्रमणपछि पुरानो अडानबाट पछाडि फर्केका छन् ।

हरेकजसो सार्वजनिक कार्यक्रममा दुई वर्षभित्र केरुङबाट काठमाडौंमा रेल ल्याउने अभिव्यक्ति दिँदै आएका ओली आइतबार स्वदेश फर्किने क्रममा विमानस्थलमा भने चिनियाँ रेलका सम्बन्धमा भावनात्मक कुरा गर्दै पन्छिए ।

'पहिले पूर्वसम्भाव्यता अध्ययन गरौं, त्यसपछि लगानीको कुरा गरौंला,' ओलीले विमानस्थलमा भने, 'काठमाडौंमा रेल पुर्‍याउने माओको सपना शी (चिनियाँ राष्ट्रपति)ले पूरा गर्छन् ।'

ओलीले रेलमार्गको निर्माण विश्वकै जटिल प्रविधि भएकाले हतारमा भन्दा पनि परिपक्व ढंगले काम गर्न चाहेको जिकिर गरे ।

नेपालमा चिनियाँ रेल दुई वर्षमा आइपुग्छ भन्ने आफ्नो अभिव्यक्तिमा टिप्पणी गर्नेको कटू आलोचना गर्ने प्रधानमन्त्री ओलीको बोली अाइतबार फेरिएको थियो ।

कारोबार दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्