१४ असार २०८३, आइतबार

दैनिक एउटा अलैँची खानुका फाइदाहरु

कात्तिक २०, २०७४
दैनिक एउटा अलैँची खानुका फाइदाहरु
हामी अलैंचीलाई प्राय चियामा स्वादको लागि प्रयोग गरिरहेका हुन्छौ। चियामा हाल्ने बित्तक्कै यसको स्वाद नै परिवर्तन गरिदिन्छ। कसैले यसलाई मुखलाई फ्रेस बनाउन समेत खाने गरेको पाइन्छ।शरीरलाई स्वस्थ राख्‍न अलैँची महत्वपूर्ण भूमिका हुन्छ। थाहा पाउनुहोस कसरी ?

१.अलैँचीमा आइरन जिंक, राइबोफ्लेविन, सल्‍फर, भिटामिन सी तथा नियोसिन लगायतका तत्व रहेको हुन्छ। दैनिक एउटा अलैँचीले खानाले शरीरलाई पुरै तन्दुरुस्त बनाउन मद्दत गर्छ।

२ हाम्रो शरीरमा रेड ब्लड सेलको निर्माणमा अलैँचीले सहायक रुपमा काम गरेको हुन्छ। यसका साथै यसले शरीरमा रहेका विशालु तत्वहरुलाई नष्ट गरिदिने गर्दछन्।

३. पेटसँग सम्बन्धित समस्याहरु अपच, पेट दुख्‍ने, ग्याष्ट्रिक लगायतलाई आराम दिलाउँछ।

४.चिसो मौसममा रुखाखोकी लागेमा अचैंलीलाई चियामा हालेर खाएमा शरीरलाई सन्चो बनाउँछ।

5. रक्तसञ्चार प्रणालीलाई नियमित रुपमा सञ्‍चालन गर्न सघाउनुका साथै नियन्त्रणमा राख्‍न सहयोग पुर्‍याउँछ।

६. मुटुसम्बन्धी रोग र कोलेस्ट्रोलको मात्रामालाई कम गर्ने गर्दछ। यस्तै अलैंचीको सेवनले टाउको दुख्‍ने, रिंगाटा लाग्‍ने र रक्तचाप नियन्त्रण गर्ने गर्दछ।

salt training

कमेन्ट गर्नुहोस्