३१ जेठ २०८३, आइतबार

राष्ट्रपति भण्डारीले यसकारण बोलाइन् दलका नेतालाई शितल निवास

कात्तिक २०, २०७४
राष्ट्रपति भण्डारीले यसकारण बोलाइन् दलका नेतालाई शितल निवास
काठमाडौं, २ फागुन–राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख राजनीतिक दलहरुसँग छलफल गर्दै छिन् ।

निर्वाचन मिति घोषणा, संविधान संशोधनलगायतका विषयमा छलफल गर्द राष्ट्रपति भण्डारीले दलका नेताहरुलाई छलफलमा बोलाएकी हुन् ।

अपरान्ह चार बजेपछि बोलाइएको छलफलमा प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र साना दलका केही शीर्ष नेतालाई छलफलमा बोलाएकी छिन् । आजको भेटघाट सामूहिक हुने जनाइएको छ ।

संविधान संशोधन, स्थानीय निकाय निर्वाचन लगायतका विषयमा दलहरुबीच देखिएको मतभेदलाई कम गर्न राष्ट्रपतिले भूमिका खेल्ने स्रोतले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले तत्काल स्थानीय निकायको निर्वाचन गर्न सरकारलाई दवाव दिइरहेको छ भने, नेपाली कांग्रेस माओवादी गठबन्धनको सरकारले मधेसी मोर्चाको सहमतिमा निर्वाचन गर्नुपर्ने जनाउँदै आएका छन् । मधेसी मोर्चाले भने संविधान संशोधन नगरि निर्वाचनमा जानु नसकिने बताउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्