१२ असार २०८३, शुक्रबार

४५ हजार गैरसरकारी संस्था अवैध

असार १२, २०७५
४५ हजार गैरसरकारी संस्था अवैध

काठमाडौं - मुलुकको विभिन्न भागमा फरक फरक उदेश्य लिएर स्थापित गैरसरकारी संस्थाले ९२ प्रतिशतले संस्था नवीकरण गरेका छैनन् । 

हालसम्म दर्ता भएका ४८ हजार ९० मध्ये अहिलेसम्म ४ हजार संस्था मात्रै नवीकरण भएको समाज कल्याण परिषदले जनाएको छ । 

परिषदको तथ्यांकअनुसार ४४ हजार ९० वटा गैरसरकारी संस्थाले नवीकरण गर्न निवेदन दिएका छैनन् । 
परिषदका सूचना अधिकारी हरि तिवारीका अनुसार जुन संस्थाले ३ बर्ष अवधि पूरा गरेको छ, त्यसले मात्रै नवीकरण गर्न पाउँछ ।  आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्