११ असार २०८३, बिहीबार

प्रियंका कार्कीलाई यस्तो चेतावनी !

प्रियंका कार्कीलाई यस्तो चेतावनी !

काठमाडौं, १२ असार – सोसल मिडियाक्रेजी छिन्, प्रियंका कार्की । फेसबुक तथा इन्स्टाग्राम नियाल्ने हो भने यी अभिनेत्रीका दिनहु“ विभिन्न तस्वीरहरू पोस्ट भइरहेका हुन्छन् । सेलिब्रेटी हुन्, आफ्ना गतिविधीहरू सोसल मिडियामा सार्वजनिक गर्नु सामान्य कुरा भयो । तर दिनहु“ गरिने पोस्टमा समेत ख्याल त पक्कै गर्नुपर्ला नि !

प्रियंकाको यो शैलीले निर्माताहरूलाई हैरान बनाएको बजारमा चर्चा चलेको छ । केही महिनाअघि मात्रै प्रर्दशन भएको चलचित्र ‘कृ’ टीमले फस्ट लुक्स सार्वजनिक नगर्दासम्म एउटा तस्बिर पनि सुटिङ सेटबाट बाहिर ल्याएन । कलाकारहरूले समेत निर्माण टीमको शर्त माने । तर यी अभिनेत्रीलाई यस्ता कुराको मतलब छैन । जुनसुकै चलचित्रको छायाङ्कन होस्, हरेक अपडेटहरू दिइराखेकी हुन्छिन् ।

प्रियंका चलचित्रको छायाङ्कन भइरहेको सेटबाटै तस्वीर अपलोड गर्न हिच्किचाउँदिनन्, कसैको अनुमतिविना । आजभोलि प्रियंकाको यो शैलीबाट आजित भएसंगै निर्माता तथा निर्देशकले उनलाई यस्तो नगर्न चेतावनी दिएका छन् ।

मौखिक रूपमा दिइएको चेतावनीमा भनिएको छ, ‘प्रियंकाजी चलचित्र छायाङ्कनका बेलामा सुटिङ सेटका पोजपोजका तस्वीर सेयर नगरिदिनुस् है, नत्र हामी सोच्न बाध्य हुन्छौं ।’ जिद्दी स्वभावकी प्रियंकाले यो शर्त मान्ने हुन् या आफ्नो एटिच्युडलाई निरन्तरता दिने हुन् त्यो भने भावी दिनले नै देखाउला ।

salt training

कमेन्ट गर्नुहोस्