०८ साउन २०८३, शुक्रबार

लिपुलेकबारे प्रधानमन्त्रीको ‘गोलमटोल’ जवाफ– ‘सानो देशले जमिन छोडीछोडी सम्झौता गर्नुपर्दैन’

लिपुलेकबारे प्रधानमन्त्रीको ‘गोलमटोल’ जवाफ– ‘सानो देशले जमिन छोडीछोडी सम्झौता गर्नुपर्दैन’
फाइल फोटो

काठमाडौं, १२ असार –प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमीको सम्बन्धमा कुनैपनि नाममा कसैसँग लेनदेन नहुने स्पष्ट पार्नुभएको छ । 

प्रतिनिधिसभाको बैठकमा मंगलवार प्रमुख प्रतिपक्षी दलको प्रश्नको जवाफमा प्रधामनन्त्री ओलीले सानो देशले जमिन छोडीछोडी सम्झौता गर्नु नपर्ने स्पष्ट पार्नुभयो ।

‘हाम्रो सीमा सुरक्षित हुनुपर्छ, हाम्रो सीमा कुनैपनि नाममा कुनै हिसाबले कसैसँग लेनदेन हुँदैन । हाम्रो देश हाम्रा छिमेकीभन्दा सानो छ, सानो देशले छोडीछोडी सम्झौता गर्नुपर्दैन,’ जवाफमा ओलीले भन्नुभयो, ‘कुनैपनि हिसाबले सीमाको सुरक्षा गर्छौं, देशको भूमिबारे राजनीति गर्नु छैन, हाम्रो पुस्ताले देशको रक्षा गर्नसक्छ ।’

प्रधानमन्त्री ओलीले कतिपय कुराहरू लामो समयदेखि पेन्डिङ रहेकाले कुरा उठाएर किनारामा नपु¥याउनु र सबै कुरा उठाएर केही निष्कर्षमा नपुग्नुभन्दा परिपक्क ढंगले कुरा उठाउने बताउनुभयो ।

त्यसअघि नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले प्रधानमन्त्री ओलीले संसदमा गरेको सम्बोधन लगत्तै प्रश्न गर्दै नेपाल, भारत र चीनको त्रिदेशीय नाकामा नेपालको सहभागिताविना भारत र चीनले ट्रेडरुटका रूपमा सम्झौता गरेको विषयमा प्रश्न गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले आउँदो जुलाइमा यस सबम्धमा प्रोटोकल तयार हुने र सम्झौता पनि हुने बताउनुभयो । ‘यो कुरा संयुक्त व्यक्तव्यमा पनि उल्लेख गरिएको छ । जुलाइमा तयार गरिन्छ र हस्ताक्षर गरिन्छ,’ उहाँले भन्नुभयो । 

ओलीले भारण भ्रमणमा उठाएका कुरा प्रकट हुँदै गएको बताउनुभयो । ‘विराटनगरको क्याम्प उठिसकेको छ, डुबानको कुरा सम्बोधन गर्न भोलिदेखि संयुक्त टोली जाँदैछ,’ प्रधानमन्त्री ओलीले थप्नुभयो ।

salt training

कमेन्ट गर्नुहोस्