१२ असार २०८३, शुक्रबार

बाहुबली–२ मा खेल्दै शाहरुख खान

कात्तिक २०, २०७४
बाहुबली–२ मा खेल्दै शाहरुख खान
शाहरुख खानको बाहुबली २ मा क्यामियो हुन सक्ने समाचारहरु सार्वजनिक भएका छन् । क्यामियो भन्नेलो सानो तर दमदार भूमिका भन्ने बुझिन्छ ।

फिल्म उद्योगमा यी समाचारहरु लगातार आइरहेका छन् । जब रोमान्टिक रोललाई छोडेर ‘रईस’ केही नयाँ प्रयोगमा लागेको छ त यो भनाइमा केही साचो पन रहेको महशुस गरिएको छ ।

तर शाहरुखको रोल के हुने र कति लामो हुने भन्ने केही सार्वजनकि नभएको जनाइएको छ । तर चर्चा के छ भने बाहुबलीका डाइरेक्टर राजामौली अहिले शाहरुखलाई मनाउन लागिपरेको जनाइएको छ । यदी उनी सफल भएभने बाहुबली २ को क्रेज २ गुुण बढ्ने अनुमान गरिएको छ ।

बाहुबली २ को रिलिज २८ अप्रिलमा राखिएको छ । यस हिसावमा शाहरुख खानको सानो भूमिका सुट गर्न र त्यसलाई एडिट गर्न समय प्राप्त हुने छ ।

राजामौलीले महाभारतमा आधारित ठूलो प्रेजेक्ट बनाउँदै छन् । जसका लागि आमिर खानको तय भइसकेको छ । राजामौलीले राजनिकान्तसँग पनि कुरा चलाएका छन् भने शाहरुख खानलाई पनि उनले उक्त प्रोजेक्टमा समावेश गर्न चाहेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्