०९ असार २०८३, मंगलबार

निर्दोष प्रमाणित भएको वर्षदिन बित्दा पनि साउदीको जेलमा टीकाराम !

असार १३, २०७५
निर्दोष प्रमाणित भएको वर्षदिन बित्दा पनि साउदीको जेलमा टीकाराम !

काठमाडौं, १३ असार – साउदी अरबको जिजानस्थित तल्लो अदालतले निर्दोष प्रमाणित गरेको एक वर्ष बितिसक्दा पनि चितवनका टीकाराम सापकोटा जेलबाट छुटेका छैनन् । खैरेनी–१३, चितवनका सोमप्रसाद सिलवालको हत्या अभियोगमा सापकोटा चार वर्षदेखि जिजान जेलमा थुनिएका छन् ।

अदालतले सिलवाल हत्या प्रकरणमा प्यूठानका सफी उल्लाहलाई दोषी ठहर गर्दै सापकोटा निर्दोष भएको फैसला सुनाएको थियो । ‘म अनाहकमा जेल परिरहेको छु । अदालतले नै निर्दोष भनेर फैसला सुनाउँदा पनि बाहिर निकालिएको छैन,’ जेलबाट सम्पर्कमा आएका सापकोटाले भने, ‘मेरो शारीरिक अवस्था एकदमै खराब हुँदै गइरहेको छ । उच्च रक्तचापका कारण मेरो बायाँ मृगौलामा पीडा हुन थालेको छ ।’

जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार अदालतको फैसला गृह मन्त्रालयबाट प्रमाणित भएर आउन बाँकी छ । ‘जेद्दा क्षेत्र हेर्ने गभर्नरले सापकोटाको फाइललाई प्रमाणीकरणका लागि गृह मन्त्रालय पठाएको जानकारी छ,’ महावाणिज्य दूतको कार्यालयका एक अधिकारीले भने, ‘उताबाट आउन ढिलाइ भएकाले सापकोटा जेलबाट निस्कन पाएका छैनन् ।’

सापकोटाले साउदी नागरिक, कम्पनी वा नेपाली दूतावासबाट २५ हजार दिराम (करिब ७ लाख रुपैयाँ) धरौटी राखेर जमानतमा जेलबाट निकाल्न सकिने बताए । ‘जेलको प्रहरीले फाइल आउँदा निकै समय लाग्ने बताएको छ । तत्कालै २५ हजार दिराम राखेर जमानतमा निकाल्न सकिन्छ,’ उनले भने, ‘रिलिज पेपर कहिले आउने हो, कुनै टुंगो छैन ।’

उनी जेद्दाबाट ७ सय ५० किमि पर्ने जिजान जेलमा छन् । सफी उल्लाहले आफू जोगिन हत्यामा सापकोटाको संलग्नता छ भनेर बयान दिँदा प्रहरीले उनलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो । ‘टीकाराम अलि बाठो मान्छे देखेर मलाई मृत्युदण्डबाट जोगाउन सहयोग पुग्छ भनेर शव लुकाउन उसले सहयोग गरेको भनेर बयान दिएको हो । मदिरा खाएका बेला मैले नै मारेको हो । उनले सहयोग गरेको होइन,’ उल्लाहले अदालतमा दिएको बयान उद्धृत गर्दै कार्यवाहक हावाणिज्यदूत रेवती पौडेलले भने, ‘सोमप्रसाद र मैले मात्रै कोठामा मदिरा पिएको हो ।

कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्