काठमाडौं, २ फागुन — ड्राईफ्रुट्सलाई शुरुदेखि नै स्वास्थ्यका लागि लाभदायक मानिँदै आएको छ । यसले दिमागका लागि टनिकको काम गर्छ । अनि साना बच्चाहरूलाई कमजोरी लाग्नबाट पनि यसले बचाउँछ ।

तर यसलाई तरिका नमिलाइकन खाँदा शरीरलाई हानि नोक्सानी पनि गर्छ । त्यसैले यसलाई खाँदा एकदमै ध्यान दिनुपर्छ ।
बदामबदाममा क्याल्सियम, भिटामिन ई, भिटामिन बी र फाइबर विद्यमान हुन्छन् । स्वास्थ्यका लागि यी राम्रा तत्त्व हुन् तर यिनको अधिक सेवन गर्दा तपाईंलाई कब्जियत हुन सक्छ । दिनमा पाँचवटा भन्दा बढी बदाम नखानुस् ।
सुकेको अञ्जीरमोटोपना कम गर्नका लागि सुकेको अञ्जीर काम लाग्छ किनकि यसले भोक नियन्त्रण गर्छ । तर यो धेरै खायो भने शरीरलाई अत्यधिक गर्मी हुन्छ । पाँच दानाभन्दा बढी नखानुस् ।
पिस्तामुटुरोग लागेका मान्छेलाई पिस्ता लाभकारी हुन्छ किनकि यसमा भिटामिन बी–६ हुन्छ । डाइटिङ गरिरहेका महिलालाई पिस्ताले फाइदा गर्छ किनकि यसले लामो समयसम्म पेट टन्न राख्छ । तर धेरै पिस्ता खायो भने एसिडिटीको समस्या हुन्छ । पिस्तामा भएको नूनले रक्तचापका रोगीलाई हानि गर्छ ।
किसमिसस्मरणशक्ति कमजोर भयो भने किसमिस खानुपर्छ । इसको एन्टीअक्सिडेन्टले स्टामिना पनि बढाउँछ । तर यसलाई सधैं भिजाएर मात्र खानुपर्छ अनि धेरै पनि खानु हुन्न ।
काजुकाजुलाई ड्राई फ्रुट्सको राजा पनि मानिन्छ । यसमा प्रोटीन, आइरन, फाइबर र म्याग्नेसियम पाइन्छ । यसको सेवनले शरीरमा ऊर्जा दिन्छ अनि बिरामीहरूबाट रक्षा गर्छ । तर यो धेरै खाँदा गला लाग्ने र खोकी लाग्ने हुन सक्छ अनि एसिडिटी पनि बढ्छ ।
पञ्जाब केसरीबाट