१९ असार २०८३, शुक्रबार

इन्जिनियरिङ्गका विद्यार्थी रिले अनशनमा

असार १३, २०७५
इन्जिनियरिङ्गका विद्यार्थी रिले अनशनमा

सुर्खेत, १३ असार – मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग संकायमा अध्ययनरत विद्यार्थीले रिले अनशन शुरू गरेका छन् ।

विद्यार्थीले आफ्ना माग पूरा गर्नुपर्ने भन्दै क्याम्पसमा रिले अनशन शुरू गरेका हुन् । आन्दोलनका अगुवा निकुञ्ज पाण्डेले विश्वविद्यालय प्रशासनले माग पूरा नगरे थप आन्दोलनका कार्यक्रम गर्ने बताए ।

संकायलाई विश्वविद्यालय प्रशासनले हेला गरेको, दक्ष तथा अनुभवी शिक्षकको व्यवस्थापन गर्न नसकेको र पैसा मात्रै कमाउने काम गरेको विद्यार्थीको आरोप छ ।

इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाइनुपर्ने, हाइड्रो इन्जिनियरिङ्गको पूर्ण पाठ्यक्रम उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गरिनुपर्ने, सम्पूर्ण प्रयोगात्मक कक्षा पूर्णरुपमा सञ्चालन गर्नुपर्ने, १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, लाइव्रेरीमा पर्याप्त पुस्तक उपलब्ध गराउनुका साथै छुट्टै लाइब्रेरियनको व्यवस्था गर्नुपर्ने र सम्पूर्ण विषयको विषयगत शिक्षकको उचित व्यवस्थापन गर्नुपर्ने विद्यार्थीका माग रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्