१५ असार २०८३, सोमबार

संसदमा गृहमन्त्री थापाको जवाफ– ‘सुन तस्करीमा उच्च तहका पात्र कानूनको घेरामा आउन सक्छन्’

संसदमा गृहमन्त्री थापाको जवाफ– ‘सुन तस्करीमा उच्च तहका पात्र कानूनको घेरामा आउन सक्छन्’

काठमाडौं, १३ असार– गृहमन्त्री रामबहादुर थापा बादलले साढे ३३ किलो सुन तस्करीको छानविनमा उच्च निकायका व्यक्ति तानिन सक्ने बताएका छन् । उनले समयमा काम पूरा नगर्ने ठेकेदारलाई पनि कानूनको दायरामा ल्याइने बताए । 

प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री थापाले सुन तस्करीको अनुसन्धान जारी रहेको र भविष्यमा उच्च तहका पात्र पनि तानिन सक्ने बताएका हुन् ।

‘सुन तस्करी प्रकरणमा उच्च निकायका व्यक्ति किन कानूनको घेरामा आएनन् भन्ने प्रश्न छ, जहाँसम्म अनुसन्धान पुगेको छ, अनुसन्धान जारी छ । भविष्यमा उच्च तहका पात्र कानूनको घेरामा आउन सक्छन्’ मन्त्री थापाले भने । 

नेमकिपाका सांसद प्रेम सुवालले सुन तस्करीमा उच्च राजनीतिक संलग्नता छ कि छैन? भनि सोधेको प्रश्नमा मन्त्री थापाले उच्च पात्र कानूनको घेरामा आउन सक्ने बताएका हुन् । तर उनले यसवारेमा धेरै बोलेनन ।

पहुँचवाला ठेकेदारलाई कारवाही गर्न कुन शक्तिले रोक्या ?

गृहमन्त्री थापाले समयमा काम पूरा नगर्ने ठेकेदारलाई कारवाही गर्ने बताए । ‘क्षेत्राधिकारको हिसावले यो भौतिक योजना मन्त्रालयको जिम्मेवारी हो । भौतिक मन्त्रालयसंगको समन्वयमा सरकारी काम अलपत्र पारेका ठेकेदारमाथि कानुन सम्मत कार्वाही हुन्छ’ मन्त्री थापाले भने । 

जिल्लाका ठेकेदारलाई कारवाही गरेपनि काठमाडौंका पहुँचवाला ठेकेदारलाई कारवाही गर्न कुन शक्तिले रोकेको हो ? भन्ने सांसद विमल श्रीवास्तवको प्रश्नमा गृहमन्त्री थापाले काम नगर्ने त्यस्ता ठेकेदारमाथिको कारवाही जारी रहेको बताए । उनले त्यस्तो कारवाही कानून सम्मत हुने पनि प्रष्ट पारे । 
 

salt training

कमेन्ट गर्नुहोस्