काठमाडौं, २ फागुन — आफ्नो प्रेमीलाई चुम्बन गर्दा प्रेम बढ्छ भन्ने त सबैलाई थाहा छ । तर चुम्बन गर्दा स्वास्थ्यलाई पनि फाइदा हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । जानौं न त के हुन् चुम्बनका फाइदा ।

चुम्बन गर्दा मुटु स्वस्थ रहन्छ । कसैलाई चुम्बन गर्दा हामीभित्र भएको एड्रनलिन नामक हर्मोन निस्कन्छ जसले रगतको प्रवाह बढाउँछ । यसले मुटुलाई राम्रो व्यायाम दिलाउँछ ।
चुम्बन गर्दा खुशी दिलाउने अन्य हर्मोन पनि सक्रिय हुनछन् । पीडा कम गर्न त्यसैले चुम्बन प्रभावकारी हुन्छ । हल्का टाउको दुखिरहेको छ भने प्रेमी वा प्रेमिकालाई किस गरिदिनुस् ।
तपाईं चिन्तित हुनुहुन्छ अनि त्यतिबेलै तपाईंले मन पराउने कुनै मान्छे अगाडि प–यो भने उसलाई चुम्बन गरिदिनुस् । यसो गर्दा तपाईंलाई राहत र खुशी अनुभव हुन्छ । तपाईं तनावमा हुनुहुन्छ अनि कसैले तपाईंको निधारमा चुम्यो भने तपाईंलाई एकदम हल्का महसूस हुन्छ ।
जिम गर्दा शरीरको बोसो त घट्ला तर अनुहारको बोसो चाहिँ घट्दैन । किस गर्दा भने अनुहारको नसा तानिन्छ जसका कारण बोसो घट्छ ।
एजेन्सीको सहयोगमा