०६ असार २०८३, शनिबार

ट्रम्पको निशानामा भारत, पार्न सक्छन् भारतलाई अप्ठ्यारो

कात्तिक २०, २०७४
ट्रम्पको निशानामा भारत, पार्न सक्छन् भारतलाई अप्ठ्यारो
काठमाडौं, २ फागुन — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार घाटा भइरहेका देशसँगको व्यापारिक मामिलाको समीक्षा गरिरहेका छन् । घाटा कम गर्नका लागि उठाइने प्रयासमाथि उनी गम्भीरतापूर्वक विचार गरिरहेका छन् ।


सम्भवतः भारत, भियतनाम, इन्डोनेसिया र मलेसिया जस्ता देशसँगको व्यापार नियममा ट्रम्पले कडाइ गर्ने सम्भावना छ । यी देशहरूले उठाइरहेको फाइदा घटाएर अमेरिकाको व्यापारिक घाटा कम गर्न ट्रम्पले प्रयत्न गर्दैछन् ।

एसियाका धेरै देशले अमेरिकामा राम्रो निर्यात गर्छन् भने अमेरिकाबाट आफ्नो देशमा खासै आयात चाहिँ गर्दैनन् । त्यसैले राष्ट्रपति ट्रम्पले कडा नीति अपनाउन लागेका हुन् ।

ट्रम्पको यो कदमले भारत जस्ता देशलाई नोक्सान हुन सक्छ । भारतीय व्यापारको लाभ अमेरिकाले घटाइदियो भने भारतको अर्थतन्त्रलाई झड्का लाग्न सक्छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्