३१ असार २०८३, बुधबार

अर्जेन्टिना फ्रान्ससँग ४–३ ले पराजित

अर्जेन्टिना फ्रान्ससँग ४–३ ले पराजित

 फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले हराएको छ । रसियाको मस्कोस्थित काजन एरिना रंगशालामा शनिबार राती भएको खेलमा विश्वकपको एक दाबेदार मानिएको अर्जेन्टिनालाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश  गरेको हो । 
निकै रोमाञ्चक खेलमा फ्रान्सका लागि ग्रिजमानले पेनाल्टीमार्फत गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । तर, खेलको ४१ औं मिनेटमा अर्जेन्टिनाका लागि डि मारियाले बराबरी गोल फर्काए । 
पहिलो हाफ  फ्रान्स र अर्जेन्टिनाबीचको खेल बराबरी भएको अवस्थामा अर्जेन्टिनाका लागि मार्काडोले गोल गर्दै टीमलाई२–१ को अग्रतामा पुर्याए । 
तर, ६४ औं र ६८ औं मिनेटमा मबापेले २ गोल गर्दै फ्रान्सलाई ४–२ को अवस्थामा पुर्याए । 
त्यसपछि लगातार फ्रान्सविरुद्ध  गोलको प्रयास गरेको अर्जेन्टिनाका लागि सर्जियो अग्युरोले इन्जुरी समयमा सान्तना गोल  गरे । त्यससँगै अर्जेन्टिना नकआउट चरणबाटै बाहिरिन बाध्य भयो   । आजको खेलमा अर्जेन्टिनाको  स्टार खेलाडी मेस्सीको कुनै जादु चल्न सकेन । अघिल्लो संस्करणको विश्वकपमा अर्जेन्टिना उपविजेता बनेको थियो  । 

salt training

कमेन्ट गर्नुहोस्