
काठमाडौं, २ फागुन — अमेरिकाको उत्तरी क्यालिफोर्नियामा एक लाख ८० हजारभन्दा बढी मानिसलाई घर छोडेर जान लगाइएको छ । अमेरिकाको सबभन्दा ठूलो बाँधको ओभरफ्लो च्यानल ध्वस्त भएको पाइएपछि उनीहरूलाई अन्तै सर्न लगाइएको हो । 
दुई सय मिटर अग्लो ओरोभिल बाँधको आकस्मिक स्पिलवे कोल्याप्स हुन लागेको अधिकारीहरूले बताए ।
बढी भएको पानी अहिले बग्न छोडेको छ ।
तर मान्छेलाई अन्तै सर्न दिइएको आदेश पनि कायमै छ ।
भारी वर्षा र हिमपातका कारण बाँधमा जलस्तर बढेको छ । धेरै वर्षको कडा सुक्खापछि बेस्सरी पानी परेको हो ।
साक्रामेन्टोभन्दा १०५ किलोमिटर उत्तरतिर रहेको ओरोभिल तालमा रहेको ५० वर्ष पुरानो बाँधमा पहिलोचोटि यस्तो घटना भएको हो ।
बीबीसीबाट