
काठमाडौं, १७ असार–भारतको सन्त नगरमा आइतबार विहान एक घरमा शंकास्पद स्थितिमा ११ शव फेला परेको छ ।
सवै शव डोरीमा झुण्डिएको अवस्थामा फेला परेका थिए । मृतकमध्ये सात महिला तथा चार पुरुष छन् । उनीहरुको मृत्युको कारण बारे अनुसन्धान भइरहेको दिल्ली प्रहरीले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार मृतक मध्ये केहीको हात खुट्टा बाँधिएको र केहीको आँखामा पट्टी बाधिएको अवस्थामा फेला परेको छ ।
प्रहरीले यसमध्ये १० शव जालमा प्रयोग गरिने डोरीको फन्दामा बेरिएको अवस्थामा फेला परेका थिए भने एक महिलाको शव भुइतलामा फेला परेको थियो ।