काठमाडौं, १७ असार – ठगीको मुद्दामा दोषी पाइएका जापानका एक व्यवसायीले बनाएको एक रकेट शनिवार उडान भर्नेबित्तिकै दुर्घटनाग्रस्त भएको छ । पहिलोपटक निजी रूपमा अन्तरिक्षमा पठाइएको रकेटको यस्तो स्थिति बन्नुलाई ठूलो झड्का मानिएको छ ।
जापानको लोकप्रिय इन्टरनेट सेवा प्रदायक लाइभडोरका क्रिएटर टाकाफुमीले लगानी गरेको इन्टरस्टेलर टेक्नोलोजीले मम–२ नामक रकेट शुक्रवार साँझ पौने ९ बजे प्रक्षेपण गरेको थियो ।
प्रक्षेपण गरेर १० मिटर माथि गएपछि केही सेकेन्डभित्र नै रकेट भुइँमा खसेर चकनाचुर भयो । यसक्रममा भएको विस्फोटमा कोही पनि घाइते भएको खबर छैन । प्रक्षेपणपछि केही अवलोकन उपकरणहरूका साथ यसलाई लगभग सय
किलोमिटरमाथिको उचाइँमा पठाइनुपर्ने थियो ।
यसअघि पनि रकेट प्रक्षेपण असफल भएको थियो । तर इन्टरस्टेलर कम्पनीले पछिल्ला विफलताहरूको कारण पत्ता लगाएपछि रकेट विकास कार्यक्रम जारी राख्ने बताएको छ ।
एजेन्सी