०१ असार २०८३, सोमबार

स्वरोजगार बनाउने योजनमा वीरेन्द्रनगर

स्वरोजगार बनाउने योजनमा वीरेन्द्रनगर

सुर्खेत, १७ असार- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले महिलाह्ररुका लागि महत्वाकांक्षी योजना ल्याउने भएको छ ।

सीमान्तकृत समूहका महिलाहरु आर्थिक रुपमा सक्षम नभएसम्म हिंसा रहिरहने र त्यसले नगरले देखेको समृद्धिको सपनालाई असफल बनाउने भन्दै नगरपालिकामार्फत एक करोड र वडामार्फत ८० लाख रुपियाँ महिला रोजगार कार्यक्रमका लागि विनियोजन गरिएको उपप्रमुख मोहन माया ढकालले लोकान्तरलाई जानकारी दिईन् ।

‘सबैधभन्दा पहिले महिलाहरुलाई तालिम दिनेछौं ’ उनले भनिन्, ‘ सीप विकास तालिमपछिको व्यवसाय गर्नका लागि ४० हजार विना व्याजको ऋण र २० हजार रुपियाँ नगरपालिकाले अनुदान दिने हाम्रो योजना छ ।’ उनले पहलिो वर्ष कम्तिमा पनि पाँच हजार महिलालाई रोजगार बनाउने गरी नगरपालिका अघि बढेको बताईन् ।

‘समृद्ध वीरेन्द्रनगरको आधारः एक घर एक महिला रोजगार’ नारासहितको उक्त कार्यक्रम अन्र्तगत महिलालाई स्वरोजगार बनाउन व्यवसायका आधारमा ५० प्रतिशत विना व्याजको ऋण र ५० प्रतिशत अनुदान दिइने बताइएको छ । नगरपालिकाले गत वर्ष ल्याएको महिला लक्षित कार्यक्रम प्रभावकारी भएको बताएको छ । नगरप्रमुख देवकुमार सुवेदीले भने, ‘हामीले यो वर्ष महिलामैत्री बजेट ल्याएका छौं ।’ उनले थपे, ‘यो वर्षको बजेटलाई स्वरोजगार बजेटको रुपमा कार्यान्वयन गरिनेछ ।’

चालू आर्थिक वर्षमा सुरु गरिएको छोरी जन्म बचत खाता, सुरक्षित आमा कार्यक्रम, गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्सरे, हिंसापीडित महिलाहरुका लागि निःशुल्क उपचार कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइएको उनको भनाई छ ।

नगरपालिकाको शुक्रबार पारित भएको बजेटमा कटकुवा स्थास्थ्य चौकीलाई महिला तथा बालबालिका विशेषज्ञ अस्पतालको रुपमा विकास गर्ने, महिला स्वयम्सेवकाको पोशाक भत्तालाई एक हजारबाट बढाएर दुई हजार पु¥याउने र गर्भवती महिलालाई निःशुल्क भिडियो एक्सरे सेवालाई निरन्तरता दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्